ताजा अपडेट »

सुनगाभा सैनामैना गोल्डकप : कपिलवस्तु ११ र फर्साटिकर भिड्दै

शनिबार, २४ फागुन २०८१, ०५ : २१
84 Shares
शनिबार, २४ फागुन २०८१
84 Shares

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा आज शनिबार कपिलवस्तु-११ र फर्साटिकर युथ फुटबल क्लब भिड्दै छन् । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना-४ स्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने खेलसँगै सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टिमको टुङ्गो लाग्नेछ । 

शुक्रबार सम्पन्न खेलमा जित दर्ता गर्दै आयोजक मुर्गिया फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । भारत सिक्कीमको डोङग्री फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक मुर्गिया सेमिफाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । शनिबारको खेलसँगै अन्तिम चारको टुङ्गो लाग्नेछ । प्रतियोगिताको विजेताले नगद ७ लाख तथा उपविजेताले ४ लाख नगद राशी प्राप्त गर्नेछ भने अन्तिम चारमा पुग्ने अन्य दुई समुहले ४०/४० हजार प्राप्त गर्नेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।