ताजा अपडेट »

डोल्पामा ४८ दिन लगाएर छायांकन गरिएको ‘द्रोपदी’ चैत्र ८ देखि प्रर्दशमा आउँदै

शुक्रबार, २३ फागुन २०८१, १९ : ३२
46 Shares
शुक्रबार, २३ फागुन २०८१
46 Shares

बुटवल । नेपालको हिमाली जिल्ला डोल्पाका बस्तीहरुको कथा वस्तुलाई समेटेर तयार पारिएको चलचित्र द्रोपदीको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । आगामी चैत्रको ८ गते रिलिज डेट तोएिको यस चलचित्रमा नयाँ कलाकारका साथै नेपाली चलचित्रमा अहिलेसम्मकै नयाँ कन्टेन्ट समावेश गरिएको कलाकार तथा निर्माता प्रकाश ज्ञवालीको दाबी छ । 

डोल्पा जिल्लाका विभिन्न बस्तीहरुमा ४८ दिनसम्म बसेर छायाङ्कन गरिएको उक्त चलचित्रमा त्यहाँका जीवन शैली र बिकास क्रमलाई समेटेर टिपिकल स्वाद दर्शकलाई पस्कने जमर्को गरिएको उनले बताए । त्यहाँको जीवनशैली बुझ्नका लागि छुट्टै नबसी स्थानीयको घरमै बसेर जनजिवनबारे गहिरो अध्ययन गरी उनीहरुको हाउभाउ र दैनिकी पस्किने प्रयास गरिएको फिल्म निर्माण पक्षको दाबी छ । चलचित्र बारे जानकारी गराउन शुक्रबार बुटवलको चिया ग्राममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मेहनत अनुसार दर्शकको पनि साथ पाउने अपेक्षा गरिएको बताए । यस चलचित्रको माध्यमबाट नेपाल पढ्न पाइने बताउँदै उनले नारी शक्तिसँगै दृश्यमा देखाइएका हिमाली जल्लाको भौगोलिक सुन्दरताले दर्शकको ध्यान तान्ने दाबी गरे । 

फिल्म निर्माणको अनुभव सुनाउँदै निर्माता ज्ञवालीले ४ वर्ष अघिनै तयार पारिएको विषय वस्तुमा लामो छलफल र अध्ययनपछि मात्रै द्रोपदी निर्माण र लगानी लगानीका लागि तयार भएको उल्लेख गरे । सबै नयाँ कलाकारलाई साथ लिएर काम गरिएको यस चलचित्रमा गायक रवि ओड र आश्विनी शाही मुख्य कलाकारको भूमिकामा रहेका छन् । 

यसैगरी ज्ञवालीसहित ऋषिराज आचार्य निर्माता रहेको यस चलचित्रका लागि विष्णु ठटराई सह निर्माता हुन् भने ऋषिराजकै लेखन र निर्देशन रहेको छ । महेश्वर आचार्य र सुजाता तिमिल्सिना वरिष्ठ सहायक निर्देशक तथा रितु आचार्यले सहायक निर्देशकको रुपमा काम गरेका छन् । मोहन कुमार ‘झिल्लु’ले सिनेमाटोग्राफको भूमिका निभाएको यस चलचित्रका लागि गोविन्द सोनीले साउण्ड डिजाइन तथा मिक्सिङ गरेका हुन् । यसैगरी विष्णु ठटराईको कोरिग्राफ तथा कुवेर डंगोलको फोग्राफ यस चलचित्रमा देख्न सकिन्छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।