बुटवल । रुपन्देहीको बुटवल उपमहानपालिका-१५, सेमलारमा प्रथम सेमलार लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । बुटवल उपमहानगरको आर्थिक सहयोग तथा संरक्षकत्वमा सेमलार ब्याडमिन्टन क्लबले आयोजना आयोजना गरेको प्रतियोगिता अन्तरगत विभिन्न ४ इभेन्टमा प्रतिस्पर्धा हुँदैछन् ।
यसैबीच शुक्रबार भएको यु-१६ स्कुल लेभलतर्फको प्रतियोगितामा न्यु होराईजनका सौभाग्य कंडेल र आयुष श्रेष्ठको जोडी विजयी भएका छन् । निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा न्यु होराईजनका कंडेल र श्रेष्ठको जोडीले दीप बोर्डिङ स्कुलका समिप तरामु र अंकित थापाको जोडीलाई २१-१९, २१-१२ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन । उपाधिसंगै कंडेल र श्रेष्ठको जोडीले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन । उपविजेता दीप बोर्डिङ स्कुलका तरामु र थापाको जोडीले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा तृतीय हुँदै नवरत्न माबिका मनिष छन्त्याल र प्रसुन राना तथा एभरेष्ट बोर्डिङ स्कुलका आयुष थापा र सुसान्त रजालीको जोडी नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । प्रतियोगितामा अक्सफोर्डका क्रिमोन रिजाल र गणेश ज्ञान ज्योतीका अस्मिन भुषाल राईजिङ प्लेयर घोषित हुँदै पुरस्कृत भएको खेल संयोजक चुरन थापा मगरले बताए ।
एक समारोहका बिच प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । खेलकुदमार्फत युवा, स्वस्थ्य र पर्यटन क्षेत्रको प्रवर्द्धन हुने बताउँदै एउटै खेलकुद धेरै क्षेत्रसँग जोडिएको हुँदा पनि यसमा लगानी गर्न जरुरी रहेको दाबी गरे । नगरभित्र धेरै प्रतियोगिताहरु संचालन भैरहेको भन्दै उनले अब पूर्वाधारमा थप लगानी जरुरी रहेको बताए । नयाँ पूर्वाधारसँगै भएका पूर्वाधारलाई स्तरवृद्धि गर्न समेत सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं १५ का वडाअध्यक्ष शिव राना, वडा नं १६ का कृष्ण प्रसाद पौडेल, नवरत्न माबिका अध्यक्ष भवानी प्रसाद पौडेल, क्लबका अध्यक्ष पुर्ण प्रकाश थापा, क्लबका सल्लाहकार जय बहादुर छन्त्यालले खेलबाट देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाएका धेरै खेलाडीहरुलाई प्रोत्साहन गर्न सके भविष्यमा अझ युवा खेलाडी उत्पादन हुने भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए ।
यु–१६ मेन्स डबल्स प्रतियोगिता नगरस्तरिय अन्तरमाबि तथा खुला मेन्स डबल्स, ३० मेन्स डबल्स र ४५ प्लस डबल्स गरि चार विधामा प्रतियोगिता भएको छ । खुला मेन्स डबल्सतर्फको विजेताले नगद ४१ हजार, दोस्रो टिमले नगद २५ हजार र तृतिय टिमले नगद ७५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि ३० प्लस र ४५ प्लस मेन्स डबल्समा प्रथम, द्घितिय र तृतिय टिमले क्रमश नगद ३५ हजार,२५ हजार र ७५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । फागुनको २३ र २४ गते दुई दिन हुने प्रतियोगितामा १३ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।
प्रतियोगिता अन्तरगत विद्यालयस्तर यु १६ तर्फ ११ टिम तथा ४५ प्लसको ३३ टिम सहभागी रहेको सचिव ईश्वरी तरामुले बताए । सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको क्लबमा १०५ जना सदस्यहरु छन
प्रतिक्रिया