ताजा अपडेट »

प्रतिनिधिसभा बैठक फागुन २७ गतेसम्मका लागि स्थगित

शुक्रबार, २३ फागुन २०८१, १६ : ४४
32 Shares
शुक्रबार, २३ फागुन २०८१
32 Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक फागुन २७ गते दिउँसो एक बजे बोलाएका हुन् । 

शुक्रवारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रम राखियो । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभामा शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिए । 


त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट  आयोगको २०८०र०८१ को २४ औँ वार्षिक प्रतिवेदन सभामा पेस गरे । बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेय २०८१ माथि विचार गरियोस् गर्ने प्रस्ताव पेस गरे । विधेयक प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।