काठमाडौं । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयअनुसार सरकारले चालू आर्थिक वर्ष २०८१÷०८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८०० रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।
त्यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया