अमेरिका । क्यानडामा रहदै आएकी सामाजिक अभियन्ता चन्दा अधिकारीले क्यानडामा प्रदान गरिने किङ चार्ल्स तृतीय कोरोनेशन मेडल प्राप्त गरेकी छन् । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, क्यानडाकी महासचिव समेत रहेकी अधिकारीले सामाजिक सेवामा पुर्याएको उल्लेखनीय योगदान स्वरुप साे मेडल प्राप्त गरेकी हुन् ।
उनलाई क्यानडाका सांसद मनीन्दर सिधुले मेडल तथा प्रमाणपत्र प्रदान गरे । आफूले प्राप्त गरेको यो सम्मान सबै नेपालीको लागि सम्मान भएको अधिकारीले बताएकी छन। उनले आफूले पाएको यो सम्मानले सामाजिक सेवामा लाग्न युवा पुस्तामा प्रेरणा मिलेको समेत उल्लेख गरिन् ।
अधिकारी क्यानडामा रहेर विभिन्न् सामाजाजिक कार्यहरूमा समेत सक्रिय रहदैआएकी छन । क्यानडामा किङ चार्ल्स तृतीय कोरोनेशन मेडल प्राप्त गर्ने अधिकारी पहिलाे नेपाली महिला हुन ।
प्रतिक्रिया