बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकमा आज शुक्रबार आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत दिउँसो ३ बजे मुर्गिया फुटबल रंगशालामा हुने प्रतिस्पर्धामा विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछ ।
प्रतियोगिता अन्तरगत विहिबारको खेलमा महाबिर क्लब काठमाडौंले जित दर्ता गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । उसले चितवनको हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटबल क्लब र भारतको सिक्किम क्लवबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया