ताजा अपडेट »

सुनगाभा सैनामैना गोल्डकप : महाबीर क्लब सेमीफाईनल प्रवेश

विहीबार, २२ फागुन २०८१, १८ : ५२
122 Shares
विहीबार, २२ फागुन २०८१
122 Shares

बुटवल । महाबिर क्लब काठमाडौं रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । सैनामैना फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत विहिबार भएको खेलमा हनामी विएफसी चितवनलाई २-० गोल अन्तरले पराजित गर्दै महाबीर क्लब सेमीफाईनल प्रवेश गरेको हो ।

महाबिरका तर्फबाट पहिलो र दोश्रो हाफमा भएको दुई गोल महाबिरका जर्सी नंं १७ का खेलाडी सुरज चौधरीले गरेका थिए । उनी विहिवारको खेलको म्यान अफ दि म्याच घोषित भए । खेलको पहिलो र दोश्रो हाफमा सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा लिएको महाबिरले एक दर्जन बढी अवसरलाई गोल गर्नबाट चुक्यो । उता हनामी बिएफसीको तर्फबाट दुईवटा राम्रा अवसर खेलाडीको मिस पासको कारण गोल पोष्ट चुम्नबाट चुक्यो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटबल क्लब र भारतको सिक्किम क्लवबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद ७ लाख  रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।