ताजा अपडेट »

उद्योग व्यापार महासंघ रूपन्देहीको प्रथम जिल्ला भेला, अध्यक्षमा गोविन्द गैरे

विहीबार, २२ फागुन २०८१, ०८ : २१
62 Shares
विहीबार, २२ फागुन २०८१
62 Shares

बुटवल । नेपाल उद्योग व्यापार महासंघ, जिल्ला शाखा रूपन्देहीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले नयाँ कार्यसमितिको चयन गर्दै व्यवसायीहरूको हकहितका लागि महासंघलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रथम भेलाबाट गोविन्द गैरे अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, लोकनाथ पन्थी उद्योग उपाध्यक्ष र दिपेन्द्र सुवेदी वाणिज्य उपाध्यक्ष पदमा चयन भएका छन्। महासचिवमा प्रकाश अधिकारी, सचिव नेत्र रुचाल, कोषध्यक्षमा कृष्ण मरासीनी, सहकोषध्यक्ष तुल्सीराम भण्डारी र सदस्य अमृत बहादुर फुल्देल, रक्मागत खनाल, प्रताप परियार, दोमन बाराल, सपना ठकुर लगायत २१ सदस्यीय निर्वाचत भएका छन ।  

भेलामा नव निर्वाचित अध्यक्ष गोविन्द गैरेले व्यवसायीहरूको समस्या समाधान गर्दै उद्योग तथा व्यापार क्षेत्रको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले रूपन्देहीलाई व्यापारिक हबको रूपमा स्थापित गर्न जिल्लामा रहेका सबै संघसंस्थाहरुसगँ समन्वय सहकार्यमा महासंघको सक्रिय भूमिका रहने उल्लेख गरे।

व्यवसायीहरूले सरकारले लगानीमैत्री नीति ल्याउनुपर्ने र साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्न महासंघले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। रूपन्देही जिल्लाको उद्योग तथा व्यापार प्रवर्द्धनमा महासंघको यो नयाँ नेतृत्वले उल्लेखनीय योगदान दिने नवनिर्वाचित अध्यक्ष गैरेले प्रतिबद्धता जनाए ।

भेलामा उद्योग, वाणिज्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, संघसंस्थाका प्रतिनिधि तथा व्यापारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै व्यवसाय प्रवर्द्धनका लागि सहकार्य र समन्वय निरन्तर आवश्यकता रहने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।