ताजा अपडेट »

डा. बिकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने सरकारको निर्णय

बुधबार, २१ फागुन २०८१, २२ : ४०
34 Shares
बुधबार, २१ फागुन २०८१
34 Shares

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको हो ।

देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् । २०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा. देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् ।

लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा. देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा. संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।