ताजा अपडेट »

बुटवलबाट अर्घाखाँची जाँदै गरेको जीप दुर्घटना, चालकको मृत्यु

बुधबार, २१ फागुन २०८१, १५ : ३८
1.11K Shares
बुधबार, २१ फागुन २०८१
1.11K Shares

बुटवल । बुटवलबाट अर्घांखाँची जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 बुटवलबाट अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ ढाडचौर जाँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप सोही वडाको कुभिन्डे भन्नेमा विहीबार करिब १२ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मालारानी गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय जीप चालक  कृष्णलाल मरासिनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।  

जीप सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।