काठमाडौं । संसद सचिवालयले संसद भवन बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अमर्यादित शब्द प्रयोग गरेको भन्दै दुई युट्यूवरको प्रवेश पास खिच्न निर्देशन दिएको छ । दुवैको पास एक महिनाका लागि निलम्बन गरिने सचिवालयले जनाएको छ ।
‘युवा मन नेपाल’ नामक युट्यूव च्यानलका किशोरकुमार श्रेष्ठ र ‘सुनौलो नेपाल’ च्यानलका प्रकाश ओली कारवाहीमा परेका हुन् । उनीहरुले अबको एक महिनासम्म संसद भवनमा प्रवेश गर्न पाउने छैनन् ।
गत फागुन ४ गते बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीलाई उनीहरुले बाटैमा प्रश्न सोध्न खोजेका थिए ।
प्रतिक्रिया