ताजा अपडेट »

संसदमा माओवादीको प्रश्न : कुलमानलाई किन शून्य अङ्क ?

बुधबार, २१ फागुन २०८१, १४ : २१
24 Shares
बुधबार, २१ फागुन २०८१
24 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे बारम्बार स्पष्टीकरण किन सोधिएको हो भनेर सरकारको जवाफ माग गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङबारे सरकारको कार्यशैली ठिक नभएको भन्दै रुलिङको माग गरे । 

 ‘कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र कार्यसम्पादनमा शून्य अङ्क दिने कुरा के हो ?’, पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ । विद्युत् प्राधिकरणलाई नाफामा लगिरहेको छ । यो कुरा के हो ?’  आजको बैठकमा विभिन्न पाँच अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची छ ।

सरकारले माघ १८ गते पेस गरेको ६ मध्ये पाँच अध्यादेश आज निर्णयार्थ पेस गर्न लागिएको हो । पेस भएकामध्ये भूमि अध्यादेश भने थाती राखेर अन्य अध्यादेश पेस गर्न लागिएको हो ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।