ताजा अपडेट »

प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने

बुधबार, २१ फागुन २०८१, १३ : ३१
52 Shares
बुधबार, २१ फागुन २०८१
52 Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत जाने भएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन परराष्ट्रमन्त्री राणा भारत जान लागेकी हुन् । 

निम्तो दिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरिएको छ । भारतका लागि नेपाली राजदूत डा।शंकर शर्माले समय व्यवस्थापनका लागि त्यहाँका विदेश मन्त्रालयलाई आग्रह गरिएको बताए । 

हिजो नेपाली राजदूत शर्माले भारतका विदेश सचिव विक्रम मिस्रीसँग भेटेर प्रधानमन्त्री मोदीको समय मिलाई दिन आग्रह गरेको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि सो आग्रहमा विदेश मन्त्रालयबाट  सकारात्मक प्रतिक्रिया नआएको बताइएको छ । 

 परराष्ट्र मन्त्री आरजु मार्च १७–१९ तारेखमा आयोजना हुने रायसिना डायलगमा सहभागी हुने जाने भएकी छिन् । त्यस क्रममा प्रधानमन्त्री मोदीलाई नै भेटेर सगरमाथा संवादका लागि निमन्त्रणा दिने तयारी परराष्ट्रमन्त्री आरजुको रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।