बुटवल । बुटवलमा जारी ‘अल नेपाल ओपन स्नूकर’ प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नूकर क्लबमा हुने पहिलो सेमिफाइनलमा बिहान १० बजे काठमाडौंका वाङ्चू तामाङ र हेटौंडाका सोम लामाबीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै दिउँसो तीन बजे हुने अन्तिम सेमिफाइनलमा बुटवलका रेगन श्रेष्ठ र बिर्तामोडका सरोज गौतम प्रतिस्पर्धा गर्नेछन् । रेगन श्रीलंकामा सम्पन्न सागस्तरीय स्नूकर प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी हुन् । नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए ।
प्रतियोगिताको विजेता खेलाडीले तीन लाख तीन हजार, उपविजेताले एक लाख एक हजार, हाइएस्ट ब्रेकरले ५५ हजार, सेमिफाइनलमा पुग्ने खेलाडीहरुले ३०र३० हजार, राइजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिनेछ ।
प्रतिक्रिया