काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी आज बस्ने भएको छ । बैठक बिहान ९ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो ।
सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा बैठक निर्णयमा पुग्ने बताइएको छ । सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए । सापकोटाका अनुसार आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्नेछ।
प्रतिक्रिया