ताजा अपडेट »

सुनगाभा सैनामैना गोल्डकप : एपीएफ र अभिषेक चर्च रजहर भिड्दै

बुधबार, २१ फागुन २०८१, ०६ : ३९
88 Shares
बुधबार, २१ फागुन २०८१
88 Shares

बुटवल । सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत अजाको खेलमा विभागीय टोली एपीएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुर बीच प्रतिस्पर्धा हुँदै छ । खेल मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने छ । 

मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत मँगलबार फर्साटिकर क्लबले जीत हासिल गरेको छ । फर्साटिकारले नेपाल पुलिसलाई २-० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको २९ औं र दोस्रो हापफको ६४ औं मिनेटमा टिमका लागि फर्साटिकरका गणेश हमालले एक्लै २ गोल प्रहार गरि टिमलाई विजयी बनाउन सफल भए । फर्साटिकर क्लबका गणेश हमाल म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेको खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिमले नगद ४०/४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । 

प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल क्लब गरी १० टोली सहभागीता रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।