ताजा अपडेट »

अस्ट्रेलियालाई पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्यो भारत

मंगलबार, २० फागुन २०८१, २२ : २५
58 Shares
मंगलबार, २० फागुन २०८१
58 Shares

 

काठमाडौं । भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८।१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । श्रेयस अय्यरले ४५ रन बनाए । केएल राहुल ४२ रनमा अविजित रहे । अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले २(२ विकेट लिए भने बेन ड्‍वारसुइस र कूपर कोनोलीले १(१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतसामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाले ४९।३ ओभरमा अलआउट हुँदै २६४ रन बनायो । अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले ६१ रन बनाए । ओपनर ट्राभिस हेडले ३९ रन बनाए । मार्नस लबुशेनले २९ रन बनाए ।

भारतका मोहम्मद शामीले १० ओभरमा ४८ रन दिएर ३ विकेट लिए । वरुण चक्रवर्तीले १० ओभरमा ४९ रन दिएर २ विकेट लिए ।रविन्द्र जडेजाले २ तथा हार्दिक पान्ड्या र अक्षर पटेलले १(१ विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।