तानसेन (पाल्पा) । पाल्पा जिल्लाकाे रिब्दीकोट गाउँपालिका-१ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ । आज अपराह्नदेखि लागेको डढेलाे निभाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका-१, ख्याहाका वडाध्यक्ष चीरञ्जीवी पोखरेलले जानकारी दिए ।
आगो नियन्त्रण नहुँदा ख्याहाको गैरीगाउँ र देउरालीको डम्बक, लघुवा गाउँ जोखिममा रहेको उनले बताए । यहाँ सल्लाको जङ्गल भएकाले आगोले उग्र रूप लिएको छ । डढेलो नियन्त्रणका लागि तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब-डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू खटिएका छन् ।
दुई वटा सामुदायिक वनको करिब १० हेक्टर क्षेत्र डढेलोले सखाप पारिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया