ताजा अपडेट »

आईटीमा नविनतम प्रविधि प्रदर्शनका लागि बुटवलमा ‘बी टू सी सम्मिट' हुँदै

मंगलबार, २० फागुन २०८१, २० : १३
50 Shares
मंगलबार, २० फागुन २०८१
50 Shares

बुटवल । आईटीको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र प्रयोग बारे जानकारी गराउने उद्देश्यले बुटवलमा दुई दिने बिजनेश कन्जुमर सम्मेलन २०२५ आयोजना हुने भएको छ । क्यान महासंघ रूपन्देहीको आयोजनामा फागुन फागुन २६ र २७ गते सिद्धार्थ कटेल मिलनचोकमा बिजनेस कस्टमर समिट आयोजना गर्ने भएको हो । 

सम्मेलन बारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारीले ब्रान्ड लक्षित कार्यक्रमलाई यो प्रदशर्नीमा ध्यान दिइएको बताए । आईटीमा चासो राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेको तर यसमा आर्थिक कारोबारको कुनै लक्ष्य नरहेको उनले बताए । ‘प्रदर्शनी भन्ने, आफ्नो सामानको जानकारी दिन टिकट लिने विषय उचित नभएकोले यसलाई निःशुल्क प्रवेशको व्यवस्थापन गरिएको छ, लक्षित समूहलाई यसमा सहभागी गराउने मुख्य लक्ष्य हो ।’–उनले भने ।

क्यान महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व अध्यक्ष  नारायणप्रसाद श्रेष्ठले  नयाँ प्रविधि के हो ? भन्ने विषयमा नयाँ कन्सेप्ट लिएर कार्यक्रम गर्न लागेकोले सबैलाई सहभागिताका लागि आग्रह गरे । सम्मेलन आयोजक समितिका संयोजक तथा क्यान महासंघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष विरबहादुर क्षेत्रीले विगतमा क्यान इन्फोटेक गर्दै आएकोमा अहिले नयाँखालको कार्यक्रम ल्याइएको बताए । अवलोकनकर्तालाई निःशुल्क प्रवेश दिइने, विश्व बजारका प्रविधिको विषयमा जानकारी दिने मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

प्रदर्शनीमा स्थानीय सरकार, प्रदेश सरकार लगायत नीति निर्माण तहमा रहेका व्यक्तिहरु, आईटी अध्ययन गरिरहेका विद्यार्थी, उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहने क्यान लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनालले बताए । उनले प्रदेशका सबै जिल्ला केन्द्रीकृत रहेर यस्ता कार्यक्रमलाई ध्यान दिइएको बताए । क्यान महासंघ रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार ५ हजार बढीले कार्यक्रमको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने २५ लाख खर्च अनुमान गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।