ताजा अपडेट »

भोलिको संसद बैठकमा अनिवार्य उपस्थिति हुन एमालेको निर्देशन

मंगलबार, २० फागुन २०८१, १९ : २९
46 Shares
मंगलबार, २० फागुन २०८१
46 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । 

एमाले संसदीय दलको मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका प्रतिनिधिसभाका सदस्यलाई सन्देश पठाउँदै भोलिको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिनुभएको हो । सांसदलाई पठाइएको सन्देशमा भनिएको छ, “माननीय सदस्यहरू, भोलि १ बजे बस्ने बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।” 

एमालेले प्रतिनिधिसभाको बैठकमा पेस गर्न थालिएको अध्यादेश पारित गर्नको लागि पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।