ताजा अपडेट »

परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा

मंगलबार, २० फागुन २०८१, १७ : १८
24 Shares
मंगलबार, २० फागुन २०८१
24 Shares

लुम्बिनी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । उनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरे ।

मन्त्री राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ तथा पुष्पकरणी पोखरीका बारेमा जानकारी लिइन् । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषले गरेका काम र विकासका बारेमा उनलाई जानकारी दिएका थिए । मन्त्री राणासँगै लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री सरोज थापा पनि सहभागी थिए ।

भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्यलगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।