ताजा अपडेट »

फुटबलका नवनियुक्त प्रशिक्षक रसले बोलाए बन्द प्रशिक्षण : को-को परे खेलाडी ?

मंगलबार, २० फागुन २०८१, १४ : ४०
40 Shares
मंगलबार, २० फागुन २०८१
40 Shares

काठमाडौं । नवनियुक्त प्रशिक्षक म्याट रसले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडीलाई बोलाएका छन् । म्याटले मंगलबार ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।

३० खेलाडीको नाम सूची अनुसार युवा खेलाडी सुवास बमले पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउन सफल भएका छन् । प्रशिक्षक म्याटले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एशियन कप छनौट २०२७ को तयारीका लागि नेपाली टोलीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । नेपालले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एशियन कप छनौट खेल खेल्दैछ ।

 
बन्द प्रशिक्षणमा ३० खेलाडीः

गोलकिपरः किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास

मिडफिल्डरः लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छिन्जु 

फरवार्डः जिलेस्पेजंग कार्की, अन्जन विष्ट, समीर तामाङ, दिनेश हेन्जन, सुवास बम ठकुरी, निराजन धामी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।