ताजा अपडेट »

ललितपुरको टिकाथलीमा बोरिङ गर्नेक्रममा ग्यास निस्किएर आगो बल्यो

मंगलबार, २० फागुन २०८१, ११ : ३४
68 Shares
मंगलबार, २० फागुन २०८१
68 Shares

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो बलेको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला निस्किएको हो । 

ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताए । तर त्यसको विस्तृत विवरण भने नआइसकेको उनले बताए । एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । यद्यपि यसको कारण वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।