ताजा अपडेट »

केपी ओली कपको उपाधि मच्छिन्द्र एफसीलाई

सोमबार, १९ फागुन २०८१, २२ : ४८
14 Shares
सोमबार, १९ फागुन २०८१
14 Shares

बुटवल । केपी ओली कप आफ्नो पक्षमा पार्दै मच्छिन्द्र एफसीले उपाधि चुम्न सफल भएको छ । त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले पराजित गर्दै मच्छिन्द्रले पराजित गरेको हो ।

विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले उपाधि जितेको हो । दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको क्रस आर्मीका डिफेन्डर अगाडि बाउन्स भयो। त्यही बललाई क्लियर गर्न खोजेका विमल पाण्डेको प्रहार आफ्नै गोल पोष्टमा छिर्यो। आर्मीले दिएको आत्मघाती उपहार गोलमा मछिन्द्र १–० ले अगाडि बढ्यो।

७२ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर गर्यो। थ्रो इनबाट पाएको बललाई एकल प्रयासमा मल्लिक युसुफले अगाडि बढाएर दिएको पासमा स्टेफन जमाहा जालीले पहिलो टचमा फस्ट बारमा उत्कृष्ट गोल गरे। यो सँगै मच्छिन्द्रले २–० को अग्रता बनाएको थियो । यसपछि दुवै टिमबाट गोल नहुँदा मच्छिन्द्र च्याम्पियन बन्यो।

प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्यो। खचाखच दर्शकले भरिएको दशरथ रंगशालामा इटालियन महान विश्व कपमा विजेता पूर्व कप्तान एवम् गोलकिपर जियानलुइजी बुफोनको उपस्थितिले विशेष बनाएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।