बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-२ खुर्साने (खहरे)बाट सोमबार एक पुरुषलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३८ वर्षीय जिवन वि.क रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
वि.क.ले घरमा बन्दुक राखेको सूचनाको आधार प्रहरी चौकी दोभानबाट गएको टोलीले सोधपुछ गर्ने क्रममा घर पछाडि लुकाएर राखेको अवस्थामा बन्दुक भेटिएको थियो । बन्दुकमा प्रयोग हुने छर्रा (गोली) र बारुद जस्तो देखिने कालो धुलोसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको हो ।
प्रतिक्रिया