बुटवल । गोल्डेन स्टार खुल्ला मन्च आइडल २०८१ सम्पन्न भएको छ । तिलोत्तमा ५ मणिग्राम गोल्डेन स्टार कलाकेन्द्रद्वारा नो भोट नो एसएमएस ओनली ट्यालेन्ट भन्ने नारासहित उक्त आइडल सम्पन्न भएको हो ।
प्रतियोगितामा ४०० हरु सहभागि भएका थिए भने २० जना फाइनमा छनोट भएका थिए । शनिवार सम्पन्न फाइनमा ग्लोरी बोर्डिङ स्कूलका एन्जल पौडेलले गोल्डेन स्टार खुल्ला मन्च आइडल जिते । जितसँगै उनले नगद २० हजारसहित प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संंयोजक सिता पाण्डेले बताइन् ।
यस्तै प्रतियोगितामा द्धितीय मणिमुकुन्द्र स्कुलका रिदम सारु, तृतीय कान्ति स्कुलकी संगिता सारु र सान्तवना अनोमल बानियाँ भए । उनीहरुले क्रमशः नगद १५ हजार १० हजार र ५ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
यस्तै नविन स्कुलकी प्रयुशा श्रेष्ठ आयोजकको तर्फबाट उत्कृष्ट डान्सर घोषित भइन् । प्रतियोगिताको निर्णायकको रुपमा बिक्रम परियार, सुवम शुक्ला र विजय सारु रहेका थिए । पुरस्कार वितरण तथा समापनको प्रमुख अतिथिको रुपमा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम घर्ती मगर माउन्ट एभ्रेसट को प्रो। बसन्त रोका र चेम्बर्स अफ कर्मशका अध्यक्ष दर्पण श्रेष्ठको विशिष्ट आर्थित्यता सम्पन्न भएको थियो ।
गोल्डेन स्टार कलाकेन्द्रकी संचालक तृष्णा श्रेष्ठले अहिलेका युवा पुस्तामा रहेको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको बताइन् ।
प्रतिक्रिया