ताजा अपडेट »

लुम्बिनी अस्पतालमा सेवा सहजताका लागि प्रवेशद्वार थप गर्न एमालेको सुझाब

सोमबार, १९ फागुन २०८१, २० : २३
62 Shares
सोमबार, १९ फागुन २०८१
62 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवाग्राहीलाई सहजताका लागि प्रवेशद्वार थप गर्न माग गर्दै नेकपा एमाले बुटवल-९ वडा कमिटीले सोमबार सुझाबपत्र बुझाएको छ । अस्पतालको पश्चिमतर्फ कालिका पथसँग जोडिएको ठाउँबाट प्रवेशद्वार थप गर्न माग गरिएको हो ।

अस्पतालको पूर्वतर्फ मुख्य राजमार्गसँग जोडिएका दुई वटा गेटले मात्रै सेवा पदान गर्दा भिड व्यवस्थापनमा समेत समस्या हुने देखिएकाले पश्चिमतर्फ पनि प्रवेशद्वार बनाई सहज बनाउन माग गरिएको एमाले वडा अध्यक्ष शेषकान्त बेलबासेले बताए । सुझाब पत्र बुझ्दै अस्ताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सुझाब मनन्योग्य रहेकाले आवश्यक अध्ययन गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अस्पतालको निर्माणाधिन भवन निर्माण तथा यसको डिपिआरमा समेत पश्चिमतर्फ गेट निर्माण गर्ने उल्लेख गरिएको भएपनि प्रयाप्त ठाउँ नहुँदा अहिलेनै उक्त व्यवस्था नगरिएको बताए । आवश्यक अध्ययन गरि द्वार निर्माण गरिने प्रतिवद्धता गरे । साथै उनले अस्पतालका सबै सकारात्मक कामहरुको बारेमा सबै जनतालाई जानकारी दिन र सुधार गर्नुपर्ने विषयहरु अस्पताल समितिमा आएर सुझा दिएमा आवश्यक सुधारका लागि आफू सधै तयार रहने उल्लेख गरे ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले प्राप्त सुझाब अनुसार सुधारका लागि तयार रहेको बताउँदै प्रवेशद्वार निर्माण गर्ने सवालमा छिट्टै प्रक्रिया अगाडि बढाउने  प्रतिवद्धता गरे ।   सुझाब प्रस्तुत गर्दै एमाले प्रदेश कमिटी सदस्य माधव नेपालले प्रादेशिक अस्पतालले स्वास्थ्य उपचार तथा बिस्तारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै गएको बताउँदै प्रवेशद्वार थप गरी सेवालाई अझ बढी सहज बनाउन सकिने उल्लेख गरे ।

यसैगरी प्रदेश कमिटी सदस्य बिमला श्रेष्ठ, एमाले रुपन्देहीका सहसचिव बाबुराम पन्थी, क्षेत्रीय कमिटी सदस्य ऋषि पाण्डे, बुटवल नगर अध्यक्ष शोभाखर पोखरेल तथा वडा नम्बर ९ का कमिटी अध्यक्ष शेषकान्त बेलबासेले भिड व्यवस्थापन र सेवा सहज बनाउन प्रवेशद्वार थप गर्न आवश्यक रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।