ताजा अपडेट »

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

सोमबार, १९ फागुन २०८१, १६ : ३३
14 Shares
सोमबार, १९ फागुन २०८१
14 Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका  कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 
 
सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सरकारले उनलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।
 
सोही अवसरमा महासेनानीमा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्दविक्रम शाहलाई पनि दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।