ताजा अपडेट »

सालकको खपटासहित दुई नियन्त्रण

सोमबार, १९ फागुन २०८१, १६ : १२
26 Shares
सोमबार, १९ फागुन २०८१
26 Shares

काठमाडौं । प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । अवैधरूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बाजाजुबाट खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका–२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका–६ का ३० वर्षीय मोहन पुलामी मगरलाई पक्राउ गरेको हो ।
 
तामाङले बोकेको झोलाभित्र सात सय ७० ग्राम सालकको खपटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।