ताजा अपडेट »

पूर्वयुवराज पारस शाहलाई हृदयघात

सोमबार, १९ फागुन २०८१, १५ : ५८
244 Shares
सोमबार, १९ फागुन २०८१
244 Shares

काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।

पूर्वराजा निकट स्रोतले गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बतायो । पूर्वराजाका एक सहयोगीले भने, ‘हर्ट अट्याक (हदयघात) भएपछि उहाँलाई नर्भिक लगिएको हो । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।’ 

पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को एक पटक पनि हृदयघात भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।