बुटवल। रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा सत्तारुढ बाहिर रहेका दल निकट विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका छन् ।
सोमबार स्ववियु निर्वाचनका लागि संगठन दताको लागि एमालेनिकट अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरु क्याम्पस प्रवेश गरेपछि समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विदार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले कुर्सी तोडफेड गरेको अनेरास्ववियु क्याम्पस अधयक्ष विवेक भण्डारीले जनाएका छन् ।
उनीहरुले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्न माग गर्दै आएपनि त्यो नगरेर निर्वाचनको प्रकृयामा गएको भनदै असन्तुष्ट जनाउँदै आएका थिए ।
प्रतिक्रिया