ताजा अपडेट »

सुदूरपश्चिमका सभामुखका अंगरक्षक बोहराको दुर्घटनामा मृत्यु

सोमबार, १९ फागुन २०८१, १४ : ११
124 Shares
सोमबार, १९ फागुन २०८१
124 Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु भएको छ ।

बझाङको मस्टा गाउँपालिका ७ घर भएका ३४ वर्षीय सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी लामो समयदेखि सभामुखका अंगरक्षक थिए ।

सोमबार धनगढी(अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका( २ मा बोहरा सवार सु।प।प्र। ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका इन्स्पेक्टर दर्शन खड्काले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।