ताजा अपडेट »

जुम्लामा यान्त्रिक कार्यालय स्थापना हुने

सोमबार, १९ फागुन २०८१, १२ : ४९
28 Shares
सोमबार, १९ फागुन २०८१
28 Shares

मुगु । कर्णाली प्रदेशको जुम्लामा रहेको हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने भएको छ ।

तीन जिल्लाको केन्द्र बिन्दु मानिएको हिमा गाँउपालिकामामा जुम्ला कालिकोट र मुगु तीनवटै जिल्लालाई सेवा प्रवाहमा सजिलो हुनेगरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने भएको हो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सडक विभागका महानिर्देशक तथा यान्त्रिक महाशाखा उप–महानिर्देशकसंग हिमामा यान्त्रिक कार्यालय स्थापनाका लागि माग गरेको मागलाई सरोकारवाला निकायले सम्बोधन गरेका थिए ।  यान्त्रिक कार्यालयलाई आवश्यक पर्ने आठ रोपनी जग्गा गाउँपालिकाले उपलब्ध गराउन सकेमा छिटै यान्त्रिक कार्यालय स्थापना गर्न सकिने सडक विभागले जानकारी दिएको छ  ।

यान्त्रिक कार्यालयले आइतबार हिमा गाउँपालिकालाई परिपत्र गर्दै सडक विभागले भनेको छ,‘गाउँपालिकाका अध्यक्ष श्रीमान् लक्ष्मण बहादुर शाहीज्यूबाट सडक विभागका महानिर्देशक र यान्त्रिक महाशाखाका उप–महानिर्देशकज्यूसँग छलफल गरी उक्त गाउँपालिकाको कुनै उपयुक्त स्थानमा यान्त्रिक कार्यालय, जुम्ला स्थापना गर्न अनुरोध भए बमोजिम मुगु, जुम्ला र कालीकोट तीनवटै जिल्लामा सहज ढङ्गले सेवा पुग्नेगरी सोहि गाउँपालिका अन्तर्गत उचित स्थानमा जग्गा उपलब्ध भएमा यान्त्रिक कार्यालय त्यस क्षेत्रमा स्थापना गर्न सकिने व्यहोरा अनुरोध छ ।’

विभिन्न यान्त्रिक उपकरण राख्ने, मर्मत संभार गर्ने आदि कार्य गर्नुपर्ने हुँदा न्यूनतम ८ (आठ) रोपनी जग्गा आवश्यक हुने देखिएकोले उक्त जग्गा पालिकालाई उपलब्ध गराउन समेत अनुरोध गरिएको छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमामा यान्त्रिक कार्यालय स्थापना हिमाबासीलगायत जुम्ला ,मुगु, कालीकोट र रारा घुम्न आएका अन्य जिल्लाका नागरीकहरुले यान्त्रीक कार्यालयबाट दिन र लिन सक्ने भएकाले जतिसक्दो छिटो हुनेगरी कार्यालय स्थापना गर्नको लागि जग्गा र अन्य कुराको आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि पहल गरिरहेको समेत अध्यक्ष शाहीले बताएका छन् ।

अध्यक्ष शाहीका अनुसार यान्त्रिक कार्यालयले विकास निर्माणका कार्यमा यान्त्रिक उपकरणहरु उपलब्ध गराउनुका साथै बाढीपहिरोलगायत दैवी प्रकोपमा आकस्मिक मर्मत तथा उद्दारका कार्य गर्न सहयोग पुराउने छ । साथै यान्त्रि कार्यालय स्थापनापछि हिमाको भौतिक पुर्वाधार तथा सामाजिक रुपान्तरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएका छन् ।’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।