ताजा अपडेट »

अर्घाखाँचमा अपाङ्गता भएकी महिलामाथि करणी आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

महिलाको पेटमा बच्चा बसेपछि खुल्यो रहस्य

सोमबार, १९ फागुन २०८१, ०९ : ३२
438 Shares
सोमबार, १९ फागुन २०८१
438 Shares

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटमा अपाङ्गाता (बोल्न नसक्ने तथा बौद्धिक अपाङ्गता) भएकी २६ वर्षीया युवतीलाई पटक-पटक करणी गरेको आरोपपछि फरार रहेका पुरुषलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ६३ वर्षीय गोबिन्द बस्यालल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक जगन्नाथ मराासिनीले जानकारी दिए । 

महिलाको पेटमा बच्चा बसेको थाहा पाएपछि उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । गत जेष्ठ ३२ गते प्रहरीमा उजुरी परेको थाहा पाएलगत्तै आरोपित बस्याल फरार रहेका थिए । घरमा काम गर्न आएको समयमा युवतीलाई उनले पटक–पटक करणी गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो । बोल्न नसक्ने तथा मानसिक रुपमा समेत अपाङ्गता भएकी ति महिला बस्यालको घरमा समय–समयमा गोबर फाल्ने, घर सफा गर्ने लगायतका काम सघाउन आउने गरेकी थिइन् । पीडित महिलाले उनै पुरुषको गर्भ बसेपछि छोरा जन्मएकी छन् । उनले गत कार्तिक २८ गते छोरा जन्माएको प्रहरीले जनाएको छ । 

यस्तो छ घटना विवरण :
महिला बोल्न नसक्ने र बौद्धिक अपाङ्गता भएका कारण आफन्त तथा छिमेकीले उनको पेटमा बच्चा बसेपछिमात्रै घटना थाहा पाएका थिए । जब उनको पेटमा बच्चा बस्यो, उनको पेट बढ्दै गयो, अमिलो पिरो मनपराउन थालिन घर तथा छिमेकीलाई शंका लाग्न थाल्यो । उनको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लिएर जाँदा ५ महिनाको बच्चा पेटमा रहेको चिकित्सकले बताए । यो कुरा थाहा पाएपछि परिवारले पीडित महिलासँग बुझ्दै जाँदा आफूमाथि भएका सबै कुरा बताइन् । त्यसपछि परिवारको सहयोगमा पीडित महिलाले प्रहरीमा जाहेरी दर्ता गराइन् । उक्त जाहेरी दर्तापछि आरोपित बस्याल फरार रहेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।