ताजा अपडेट »

गौतमबुद्ध विमानस्थलः एक महिनामा छ हजार बढि यात्रु आगमन

सोमबार, १९ फागुन २०८१, ०६ : ३६
106 Shares
सोमबार, १९ फागुन २०८१
106 Shares

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । 

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो ।

त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए । विमानस्थलमा पछिल्लो समय नियमित उडान भइरहेको र यसले विमानस्थललाई चलायमान बनाएको महाप्रबन्धक तिवाकाे भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।