कर्णाली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेले निमन्त्रणापत्र दिएका छन् । मुख्यमन्त्री कँडेलले आज काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर निमन्त्रणा पत्र दिएका हुन् ।
यही फागुन २३ गते कर्णाली प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीलाई निमन्त्रणापत्र दिइएको मुख्यमन्त्री कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री ओलीको उक्त सम्बोधनबाट कर्णालीको पूर्वाधार विकास, राष्ट्रिय गौरवको आयोजना र प्रदेशको जीवनरेखा मानिने कर्णाली र भेरी करिडोर निर्माणमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले यस अघि लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया