ताजा अपडेट »

राष्ट्रियसभा सदस्यको समिति हेरफेर

आइतबार, १८ फागुन २०८१, १६ : ५३
18 Shares
आइतबार, १८ फागुन २०८१
18 Shares

काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ । सभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिए । 

यस्तै, सदस्य नारायणदत्त मिश्रलाई ‘विधायन व्यवस्थापन समिति’ बाट ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ हेरफर गरिएको छ ।  समिति हेरफेर गर्ने प्रस्तावमा बैठकले सहमति जनाएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।