ताजा अपडेट »

ट्रम्पसँगको झगडापछि जेलेन्स्कीलाई ‘फलामको मुटु भएको राष्ट्रपति’ भन्दै छन् युक्रेनी जनता

आइतबार, १८ फागुन २०८१, १४ : ४८
184 Shares
आइतबार, १८ फागुन २०८१
184 Shares

किभ । २०२५ जनवरी २८ मा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबिच अमेरिकी राष्ट्रपतिको कार्यालयमा चर्को बहस भयो । यस मामिलामा, युक्रेनी विश्लेषकहरूले जेलेन्स्कीको पक्ष लिएको देखिएको छ । धेरैले उनलाई एक शक्तिशाली नेता भनिरहेका छन् । 
 
यसैबीच, विपक्षी नेताहरूले यसको परिणाम धेरै नराम्रो हुन सक्ने चेतावनी दिइरहेका छन् । अमेरिका र युक्रेनबिचको दूरीको फाइदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उठाउन सक्ने उनीहरू बताउँछन् ।

 ट्रम्पले शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा जेलेन्स्कीलाई भेटेका थिए । यस भेटमा जेलेन्स्कीले अमेरिकासँग युक्रेनको दूर्लभ खनिज र धातु अमेरिकालाई चलाउन दिने  सम्झौतामा हस्ताक्षर गर्न सक्ने बताएका थिए । तर यो भेट चाँडै नै चर्को बहसमा परिणत भयो । 

‘युक्रेनले अन्ततः आज सव्जेक्टिभिटी प्राप्त गरेको छ । यो हाम्रो लागि सजिलो हुनेछैन, तर यो कहिल्यै सजिलो थिएन ।’ युक्रेनी ब्लगर सर्गेई इभानोभ भन्छन् । ‘कसैलाई पनि हामी हाम्रो अनुहारमा थुक्न दिन सक्दैनौँ । चाहे जो सुकैले यस्तो गर्ने प्रयास गरोस् ।’ अझ अगाडि उनले भनेका छन् । पेत्रो सुखालिनोभ एक पूर्व पत्रकार हुन् । जो पछि सेनामा भर्ती भए ।

‘युक्रेनको साथमा हिँड्न सजिलो छैन । युरोपमा युक्रेनसँग सबैभन्दा बलियो सेना छ ।  सबैभन्दा शक्तिशाली र रचनात्मक मानिसहरू छन् अनि राष्ट्रपति पनि छन् जो निकै साहसी छन् ।’ उनले राष्ट्रपति जेलेन्स्कीको प्रशंसा गर्दै भने । 

‘अब त ट्रम्प र जोकर भान्स आफैँले पनि उनलाई व्यक्तिगत रूपमा चिनिसकेका छन् ।  कि त तिमीहरू  युक्रेनको सम्मान गर र हामीले जुन मूल्य चुकायौँ त्यसको सम्मान गर । होइन भने हामी तिमीहरूको अगाडि तथ्यहरू ल्याउनेछौँ । तिमीहरू  हामीलाई झुकाउन सक्दैनौँ ।’ उनले भनेका छन् । अर्को एउटा पोस्टमा चाँहि उनले राष्ट्रपति अब घर फर्कनु पर्छ भनेर लेखेका छन् । ‘युरोपसँग कुरा गर्ने समय आएको छ । अमेरिकामा अब कोही पनि छैन जससँग हामी कुरा गर्न सक्छौँ ।’ उनले भनेका थिए । 

बेलायतमा सिंहको मुटु भएका रिचर्ड थिए, युक्रेनीहरूसँग त्यस्तै भोलोडिमिर भएको ल्भिभका गभर्नर म्याक्सिम कोजित्स्कीले भनेका छन् । ‘जसले जे सुकै भनोस्, हाम्रो राष्ट्रपति फलाम जस्तै बलियो हिम्मत भएका व्यक्ति हुन्, उनलाई देशको हितको रक्षा कसरी गर्ने भन्ने थाहा छ,’ ब्लगर तथा सैन्य अनुभवी ओलेक्जेन्डर एरोनेट्स भन्छन् । जेलेन्स्कीको समर्थनमा पोस्ट गर्ने ब्लगर मिखाइल श्नाइडरले जनवरी २८ लाई एउटा ऐतिहासिक दिन भनेका छन् । यो दिनले युक्रेनको सम्पूर्ण इतिहासमा स्टिल जत्तिकै बलियो चरित्र भएको एक मात्रै राष्ट्रपति जेलेन्स्की भएको देखाएको र उनले पृथ्वीको सबैभन्दा शक्तिशाली मानिसको अगाडि पनि आफ्नो शिर नझुकाउने शक्ति देखाएको एरोनेट्सले भने । 

अमेरिका यति तल गिरेको आफूले कहिल्यै नदेखेको विश्लेषक लियोनिद श्वेट्सले बताए । ट्रम्प निकै डरलाग्दो, असभ्य र बलियो हुन सक्छन् भन्ने आफूलाई थाहा भएको पत्रकार इभान याकोनिभाले भनेका छन् । ‘यो दुर्भाग्यपूर्ण छ, तर हामीले यो कुरा बिर्सनु हुँदैन कि उनका शब्दहरूले राम्रो वा नराम्रो कुनै अर्थ राख्दैनन् । उनले के गर्छन् ९वा के गर्दैनन्० भन्ने कुराले फरक पार्छ । नतिजा यही हुनेछ । तर यो ब्ला–ब्ला–ब्लाहले कुनै अर्थ राख्दैन । एक दिनपछि उनले आफूले यस्तो भनेकै थिइन् भनेर पनि भन्न सक्छन्’ याकोनिभा भन्छन् । 

‘जे भयो त्यसको परिणाम नराम्रो हुन सक्छ’

‘हामी जे जति देख्यौँ यो भनेको निश्चय नै ट्रम्पसँगको हाम्रो सम्बन्ध अन्त्य हो,’ युक्रेनी संसद्का विपक्षी सांसद ओलेक्सी होन्चारेन्कोले भने । उनले भने, ‘क्यामेराको अगाडि अमेरिकी राष्ट्रपतिसँग जिरह गर्न थाल्नु बिलकुलै केटाकेटीपन हो । तपाईँ यो गर्न सक्नुहुन्छ र सायद तपाईँले यो गर्नुपर्छ, तर क्यामेराको अगाडि होइन । जे भयो त्यसले धेरै नराम्रो प्रभाव पार्न सक्छ ।’ ‘स्टारलिङ्क स्याटेलाइट बन्द हुनेदेखि अमेरिकाले हामीलाई दिने गुप्तचर जानकारीसम्म, यो कुनै खेल होइन । हाम्रा हजारौँ मानिसहरू लडिरहेका छन्, मरिरहेका छन् । हाम्रो मुख्य सहयोगीसँग यसरी छलफल गर्नु हुँदैनथ्यो ।’ अझ गाडी उनले भनेका छन् । 

‘अलिकति सोच्नुहोस् त, आज जे भयो त्यसमा को खुसी हुनेछ रु’ होन्चारेन्को भन्छन् । अस्तिको झगडाबाट पुटिन मात्रै खुसी हुने उनले बताए । ‘सोच्नुस् त, तपाईँ युक्रेनविरुद्ध तीन वर्षदेखि युद्ध लड्दै हुनुहुन्छ र सम्पूर्ण संसार हाम्रो पक्षमा एकसाथ आयो । र अब, युक्रेनको मुख्य सहयोगीले यससँग सम्बन्ध तोडेको छ । तपाईँलाई के लाग्छस्  यसबाट कसको जित हुनेछ रु युक्रेन रु हाम्रो सेना रु हाम्रा जनता रु’ अझ अगाडि होन्चारेन्कोले प्रश्न गरेका छन् । 

युक्रेनको सबैभन्दा चर्चित अङ्ग्रेजी भाषाको पत्रिका, किभ इन्डिपेन्डेन्टले एक सम्पादकीय प्रकाशित गरेको छ । यस अमेरिकाले युक्रेन विरुद्ध रुससँग हात मिलाएको उल्लेख गरिएको छ । अखबारले लेखेको छ, ‘यो सिधै भन्नुपर्ने समय हो कि अमेरिकी नेतृत्वले युद्धमा आफ्नो पक्ष परिवर्तन गरेको छ । यस प्रयासमा, उनीहरूले आफ्ना अन्य सहयोगीहरूलाई पनि दबाब दिइरहेका छन् । तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उनीहरूले अमेरिकाको हितलाई धोका दिइरहेका छन् र यसलाई कमजोर बनाइरहेका छन् ।’ 

‘ट्रम्प प्रशासनले युक्रेनलाई पछाडिको सम्झौता र गोप्य हात मिलाउने आफ्नो आरामदायी संसारमा बाधाको रूपमा हेर्छ ।’ प्रख्यात पत्रकारबाट राजनीतिज्ञ बनेका मुस्तफा नायम भन्छन् ।  भोलोडिमिर जेलेन्स्कीले भुँइ नछोडेको अनि आफ्ना विपक्षीहरूको तुलनामा उनले यो काम सम्मानका साथ त्यसो गरेको पनि उनले बताए । 

उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई कृतघ्न भएको आरोप लगाएपछि उनी अत्यन्तै कठिन अवस्थामा परेको पत्रकार डेनिस काजान्स्की भन्छन् । ‘यदि त्यो समयमा उनले आफ्नो मुख बन्द राखेका हुन्थे र टाउको हल्लाइरहन्थे भने यो अत्यन्तै अपमानजनक देखिन्थ्यो । उनले प्रतिक्रिया दिन थाले र उनीमाथि अमेरिकाको अपमान गरेको आरोप लाग्यो ।’ उनी भन्छन् । अमेरिकासँग बिग्रिएको यो सम्बन्धहरूलाई कसरी सुधार गर्ने भन्ने आफूलाई थाहा नभएको सैन्य विज्ञ माइकोला बेलेस्कोभ भन्छन् । ‘वर्तमान परिस्थितिमा अमेरिकाको समर्थन र पारस्परिक रूपमा लाभदायक सम्बन्ध हाम्रो लागि धेरै महत्त्वपूर्ण छ । तर जब उनीहरूले हाम्रो कुरा सुन्दैनन् र हाम्रा हितहरूलाई बेवास्ता गर्दैनन् तब हामी यो कसरी गर्छौँ रु इमानदारीपूर्वक भन्नुपर्दा, मलाई थाहा छैन ।’ उनी भन्छन् । ‘अमेरिका–युक्रेन सम्बन्धको वर्तमान अवस्थाको लागि जिम्मेवार व्यक्तिहरूप्रति मलाई सहानुभूति छ । तर हिजो हाम्रो सम्बन्धको अहिलेसम्मकै सबैभन्दा कालो दिन थियो ।’ उनले भनेका छन् । 

यस्तो भन्छन् आम नागरिक

बीबीसीले यस विषयमा धेरै युक्रेनी नागरिकहरूसँग पनि कुरा गरेको थियो । ‘जब तपाईँले जेलेन्स्कीको अनुहार देख्नुहुन्छ, तपाईँले बुझ्नुहुन्छ कि कुराकानी सभ्य थिएन, छलफल धेरै असभ्य थियो । ती मानिसहरूले युक्रेनका जनतालाई सम्मान गर्दैनन् ।’ एक युक्रेनी नागरिकले भने । ‘सायद यो धेरै राम्रो कूटनीतिक छलफल थिएन, तर यो एक इमानदार छलफल थियो । हामीले उनीहरूलाई यहाँ के भइरहेको छ भनेर बताउने प्रयास गर्‍यौँ । तर कुनै कारणले राष्ट्रपतिका केही विचार गलत छन्,’ अर्का युक्रेनी नागरिकले भने । 

अर्का एक जना युक्रेनी नागरिकले यसो भने, ‘यस्तो देखिन्छ कि उनीहरूले रुसलाई समर्थन गरिरहेका छन्, उनीहरूले युक्रेन र युद्धलाई बेवास्ता गरिरहेका छन् । उनीहरू सोच्छन् कि उनीहरू सम्झौता गर्न सक्छन्, डिल गर्न सक्छन् र युद्ध बिर्सन सक्छन् । तर हामी बिर्सन सक्दैनौँ ।’ ट्रम्पले जेलेन्स्कीलाई उनले तेस्रो विश्वयुद्धको जोखिम लिइरहेको बताएको तर यस्तो नभएको एक युक्रेनी महिलाले भनिन् । यस खेलमा युक्रेनलाई बार्गेनिङ चिप्सको रूपमा प्रयोग गरिँदै छ जस्तो आफूलाई लागेको अर्का एक जनाले बताए ।

ट्रम्प आफू बाहेक अरू कसैको कुरा नसुन्ने व्यक्ति हुन सक्ने र उनले अरूले बोलेको सुन्न नसक्ने एक युक्रेनीले भनेका छन् । अर्का एक जनाले भने यो मुद्दालाई अरू कूटनीतिक रूपमा सम्हाल्नुपर्थ्यो भनेर भनेका छन् । उनी भन्छन्, ‘एउटा मानवको रूपमा, म जेलेन्स्कीलाई बुझ्न सक्छु किनभने ट्रम्प र भान्ससँगको कुराकानीको लवज जस्तो थियो यसले त यही इशारा गरिरहेको थियो कि वार्ता यसरी नै समाप्त हुन सक्छ । यो अझ कूटनीतिक तरिकाले गर्न सकिन्थ्यो तर हामीसँग जे छ त्यो छ र हामीले युरोपसँग अझ नजिकबाट काम गर्नुपर्छ ।’ –एजेन्सी
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।