ताजा अपडेट »

लुम्बिनीमा समापन भयो ‘बुद्ध ज्ञान साईकल यात्रा

आइतबार, १८ फागुन २०८१, १४ : ३६
94 Shares
आइतबार, १८ फागुन २०८१
94 Shares

भैरहवा । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरुको पर्यटन प्रवर्द्धनका लागि आयोजित 'बुद्ध ज्ञान साईकल यात्रा' सम्पन्न भएको छ । 

फागुन १६ गते भैरहवाको बुद्धचोकबाट सुरु भएको यात्रा १७ गते भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेर समापन भएको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए । साईकल सिटि भैरहवाको आयोजनामा गत वर्षदेखि आयोजना हुँदै आएको  बुद्ध ज्ञान सार्इकल यात्राको दोस्रो संस्करणमा जर्मन, भारत र नेपालका गरि एक सय तिस साईकिलिष्टहरु सहभागी थिए । 

दुई दिने यात्रामा सबै भन्दा कम उमेरका बालक ८ वर्षीय किस्टोफर श्रेष्ठ , बालिकामा ११ वर्षिया आस्वानी खरेल सहभागी थिए । त्यसैगरी जेष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ वर्षका कमल जित दिमन र ७१ वर्षिया बिस्हु दिमन सहभागी रहेको साईकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । 

आन्तरिक र बाहिर्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्धसँग जोडिएका स्थान सधै ओझेलमा परेको हुनाले ति क्षेत्रको प्रचार प्रसारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साईकिलिष्टहरुलाई सहभागीता गराएर साईकल यात्रा गराइएको हो ।  यात्रामा सहभागीहरुलाई सम्मान गर्दै रुपन्देही क्षेत्रनं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले रुपन्देही, नवलपरासी र कपिलवस्तुको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यकहरुले ठूलो सहयोग पुगेको बताए । तिन जिल्लाको बौद्ध सर्किटलाई साईकलको माध्यमबाट जोड्ने राम्रो कार्यको सुभारम्भ भएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।