ताजा अपडेट »

सर्वोच्चका कुनै पनि इजलास आज नबस्ने

आइतबार, १८ फागुन २०८१, १२ : २८
46 Shares
आइतबार, १८ फागुन २०८१
46 Shares

काठमाडौँ । सर्वोच्च अदालत अन्तर्गत आज कुनै पनि इजलास नबस्ने भएको छ । नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आइतबार इजलास नबस्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने निर्णय भएको जानकारी दिए ।

पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार निधन भएको थियो । उनी ८४ वर्षकी थिइन् । उनी ०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । ०६५ जेठ २० मा उनले अवकाश पाएकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।