ताजा अपडेट »

तेस्रो मिष्टर उजिरसिंहको उपाधि गौतम रानालाई

आइतबार, १८ फागुन २०८१, १२ : १२
184 Shares
आइतबार, १८ फागुन २०८१
184 Shares

बुटवल । बुटवलमा सम्पन्न तेस्रो मिष्टर उजिरसिंहको उपाधि गौतम रानाले चुमेका छन । सामरिक र ऐतिहासिक महत्व बोकेको जितगढी किल्ला परिसरमा शनिबार राति सम्पन्न भएको तेस्रो मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८१ मा ६५ केजी तौल समुहको विजेता बन्दै रोयल जिम एण्ड फिटनेशका राना ओभर अल टाईटल आफनो नाम गरे ।

उपाधिसंगै उनले नगद ५१ हजार रुपैया, मेडल र प्रमाणपत्र र व्यानेटबाट पुरस्कृत भएका छन । यसैगरि प्रतियोगिताको ५५ केजी तौल समुहमा रोयलकै बिनोद कुमार थापा प्रथम, रअ फिटनेश सर्भिसका कैलाश कब्लार दोस्रो तथा फिट ट्वान्टी हावरका चर्चित ज्ञवाली तेस्रो भए । यसैगरि ६० केजी तौल समुहमा योर्स मल्टि फिटनेशका रोशन श्रेष्ठ प्रथम, दीप जिमका सन्दिप अर्याल दोस्रो तथा किङस फिटनेशका ठाकुर थापा तेस्रो भए ।

यसैगरि ६५ केजीमा रोयल जिमका गौतम राना प्रथम, रअ फिटनेशका मोहमद जुमराति दोस्रो तथा फिटनेश टाईमका मदन पाण्डे तेस्रो भए ।यसैगरि ७० केजी तौल समुहमा द वेलनेश क्लबका सुमित राना प्रथम, रअ फिटनेशका रविसिह ठाकुर दोस्रो तथा वेलनेशका सुजल शाही तेस्रो भए । यसैगरि ७० भन्दा केजी भन्दा बढी तौल समूहमा पावर जिमका सुनिल थापा प्रथम, किङस फिटनेशका कौशल प्रसाद गुरुङ दोस्रो तथा रोयल आयरन जिमका जेनिथ गुरुङ तेस्रो भए ।

पाँच तौल समुहमा भएको प्रतियोगिताको प्रत्येक तौल समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको संघका सचिव आशिष श्रेष्ठले बताए । प्रतियोगिताको वडा नं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेतले उद्घाटन गरेका थिए ।

विजेता खेलाडीहरु लाई लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, नगर खेलकुद बिकास समिति बुटवलका अध्यक्ष बोनिन पिया लगायतले पुरस्कार बितरण गरेका छन । मिष्टर उजिरसिंहको प्रथम संस्करण सुनिल आले र दोश्रोको स्यामुल गुरुङ विजेता बनेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।