ताजा अपडेट »

गोली हानी २३ वर्षीय युवकको हत्या : हत्यारा बन्दुकसहित फरार

आइतबार, १८ फागुन २०८१, ०८ : १९
490 Shares
आइतबार, १८ फागुन २०८१
490 Shares

कञ्चनपुर । बैतडीमा शनिबार राति गोली हानी एक युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका(८ चौसिलाका २३ वर्षीय सुरेन्द्र विष्टको हत्या भएको प्रहरीले जनाएको छ । 


चौसिलाकै ४० वर्षीय कर्णबहादुर विष्टले भरुवा बन्दुकले गोली प्रहार गरी सुरेन्द्रको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए । गोली लागी गम्भिर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो। 

सुरेन्द्र जिप चालक थिए। कर्ण बहादुर र सुरेन्द्र नातेदार हुन्। रिसइबी कारण गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। कर्ण बहादुर र सुरेन्द्रबीच यसअघि पनि झगडा भएको खुलेको छ। 

त्यसपछि उनी चौसिलामा जिप पार्किङ गरेर खाना खाइरहेका थिए। त्यसैबेला रौलेश्वर माध्यमिक विद्यालय नजिकैबाट कर्णबहादुरले सुरेन्द्रलाई गोली हानेका थिए। प्रहरीका अनुसार ५र७ फिटको दूरीबाट गोली हानिएको थियो।

गोली प्रहार गर्ने कर्णबहादुर बन्दुकसहित फरार छन्। उनको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।