ताजा अपडेट »

अध्यादेश बारे छलफल  गर्न एमालेको सचिवालय बैठक बस्दै

आइतबार, १८ फागुन २०८१, ०८ : ०८
34 Shares
आइतबार, १८ फागुन २०८१
34 Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ ।  दिउँसो २ बजे बस्ने बैठकमा मुख्यतस् सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ । 

एमाले केन्द्रीय कार्यालय सचिव डा‍।भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताए । सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ । 

पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन नसकेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।