ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुलमा सञ्चालित क्याम्ब्रिज करिकुलम बारे अभिभावक अभिमुखिकण सम्पन्न

शनिबार, १७ फागुन २०८१, १९ : ४१
90 Shares
शनिबार, १७ फागुन २०८१
90 Shares

तिलाेत्मा । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापन तथा विश्वविख्यात क्याम्ब्रिज युनिभर्सिटी युकेको सम्बन्धनमा रूपन्देहीकाे तिलाेत्मामा सञ्चालित 'ब्रिटिस ग्रामर स्कुल रुपन्देही' (नमस्ते एकडेमी)मा  क्याम्बिज करीकुलम बारे अभिभावक अभिमुखिकण सम्पन्न गरीएकाे छ ।

शनिवार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी  विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरू यसै वर्षको अन्त्यमा हुने क्याम्ब्रिज युनिभर्सिटी बेलायतले लिने MAY-JUNE, GRADE -5 क्याम्ब्रिज चेक पोइन्ट परीक्षामा सहभागी हुने कुराको समेत जानकारी अभिभावकहरूमाझ गराइएको हाे ।

DSC06305_1

विद्यालयमा आयोजित क्याम्ब्रिज इन्फो सेसन तथा अभिभावक अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी गराउँदै क्याम्ब्रिज किन र यसको उद्देश्य लगायतका विषयमा अस्ट्रियन प्रशिक्षक बियान्का बर्मर, ब्रिटिस एजुकेसन ग्रुपका उपाध्यक्ष पउल क्लिप्स (भिडियो सन्देशमार्फत)  ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुणकुमार कँडेल, विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकी लगायतले कक्षा १ देखि ७ सम्मका अभिभावकलाई कोर्स करीकुलम सम्बन्धमा  प्रशिक्षण सहित अभिमुखीकरण गरेका थिए ।

DSC06345

अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रशिक्षक बियान्का बर्मरले क्याम्ब्रिज करिकुलम संसारको सबैभन्दा उत्कृष्ट, विश्व बजारमा बिक्न सक्ने, समाज सापेक्ष र बालमैत्री करिकुलम भएकाे कुरा बताइन । विद्यालयले सन २०२२ देखि क्याम्ब्रिज युनिभर्सिटीको स्कुल पाथवे कार्यक्रम कक्षा १ देखि ७ सम्म सञ्चालन गरेको र सो अत्यन्तै प्रभावकारी रहेको विद्यालयका क्याम्ब्रिज सर्पाेट हेड काेअर्डिनेटर लिलामणि पाण्डेले बताए ।

DSC06228

विद्यालयले क्रमिक रूपमा आगामी वर्षदेखि कक्षा ८ हुँदै १० कक्षा सम्मका इच्छुक विद्यार्थीहरूलाई IGSSE को कार्यक्रममा सहभागी गराउँदै लैजाने विद्यालयको नीति रहेको ब्रिटिस एजुकेसन ग्रुपका स्कुल्स हेड अरुण कुमार कँडेलले कार्यक्रममा जानकारी दिए । क्याम्ब्रिज करिकुलम, यसको प्रभाव र विद्यालयको आगामी रणनीतिका बारेमा विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले अभिभावकहरू माझ जानकारी गराएका थिए ।

क्याम्ब्रिज इन्फोसेसनमा विभिन्न कक्षाका विद्यार्थीले क्याम्ब्रिज करिकुलमले आफ्नो दैनिक जीवन, शैक्षिक क्रियाकलापलाई के कस्तो प्रभाव पारेको छ अनि यसका सबल पक्षका बारेमा आफ्ना अनुभव शेयर गरेका थिए भने कक्षा १ देखि ७ सम्मका अङ्ग्रेजी, गणित र विज्ञानका शिक्षकले आफ्नोतर्फबाट गरिएका शैक्षणिक क्रियाकलाप र यसले विद्यार्थी तथा अभिभावकलाई पारेको प्रभावका बारेमा अभिभावक माझ चर्चा गरेका थिए ।

DSC06303_1

क्याम्बिज इन्फो सेसनमा अभिभावकहरूले क्याम्ब्रिज करीकुलमले विद्यार्थीमा सृजनात्मक सोच, नव प्रवर्द्धन, तीव्र निर्णय क्षमता र जीवनोपयोगी शिक्षण कार्यमा सरिक गराएकोमा प्रसन्नता व्यक्त गरे । अभिभावक गौतम भुसाल तथा  भगवती वेलवासे पोखरेलले ब्रिटिस ग्रामर स्कुलले बाबु नानीहरूको शैक्षिक मात्र नभएर समग्र विकासमा व्यवहारिक शिक्षा पद्धति अनुसार अध्ययन गराएर उनीहरूलाई सक्षम बनाउन भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

उनीहरूले आफ्ना नानीबाबुहरूलाई घरदैलोमै अन्तर्राष्ट्रिय स्तरको करिकुलम तथा पद्धती अनुसार अध्ययन गराएर नानीबाबुको भविष्य उज्ज्वल बनाउन विद्यालय लागिपरेकाले सबै अभिभावकले मन, मुटुबाट विद्यालयलाई साथ दिनु पर्ने धारणा राखेका राखे । उनीहरूले अभिभावकहरूले बाबु नानीहरूकाे विषयमा विद्यालयसँग खुलेर आफ्ना कुराहरू राख्नु पर्ने समेत बताए ।

DSC06341

ब्रिटिस एजुकेसन ग्रुपमका स्कुल्स हेड अरुणकुमार कँडेलको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवम् निर्देशक विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रममा विद्यालयकी निर्देशक पुष्पा कँडेल , सञ्चालक श्यामलाल खरेल, व्यवस्थापक उमेश कँडेल लगायतको उपस्थिति रहेको थियो ।

विविध सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको यस इन्फोसेसन तथा अभिमुखीकरण कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय सञ्चालकका बिचमा एकाकार विचार निर्माण भई संस्थाको गुणस्तर बृद्धिमा टेवा पुग्ने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले सगौरव बताए  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।