जनकपुरधाम । धनुषामा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा प्रहरीले फेला परेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका- बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव पूँजाकोडा भित्र गाडिएको अवस्थामा भेटिएको हो ।
स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । त्यसक्रममा शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए ।
श्रीमान् हरिराम यादव फरार रहेकाले अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । रामहरिसँगै उनीहरूका १० महिनाकी छोरीको पनि पत्तो लागेको छैन । स्थानीयका अनुसार गत शनिबार रामहरि र अञ्जलीबीच विवाद भएको थियो । भोलिपल्टै रामहरिले श्रीमती बेपत्ता भएको भनेर छरछिमेकमा सुनाएका थिए । मंगलबारदेखि रामहरि पनि बेपत्ता भए ।
एकाएक घरका सबै हराएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डीएसपी सिंहले शव उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको जानकारी दिए ।
प्रतिक्रिया