ताजा अपडेट »

बोधगयामा बौद्धमार्गीहरुको मागको विषयमा लुम्बिनीमा ऐक्यवद्धता

शनिबार, १७ फागुन २०८१, १७ : ४२
60 Shares
शनिबार, १७ फागुन २०८१
60 Shares

भैरहवा । भारतको बोधगयामा बौद्ध अनुयायीहरुमाथि भारत सरकारले दमन गरेको भन्दै भारतीय बौद्ध समाजको मागप्रति ऐक्यवद्धता जनाउँदै लुम्बिनीमा प्रर्दशन गरिएको छ । बौद्ध सम्पदा संरक्षण समाजले बोधगयामा बौद्धमार्गीहरुप्रति भईरहेको दमन रोक्न र गैरबुद्ध समुदायलाई बोधगयाको व्यवस्थापनबाट हटाउन माग राखेको छ । 

शनिबार लुम्बिनीमा प्रर्दशन गर्दै समाजले बौद्ध सम्प्रदायमाथि भईरहेको दमन रोक्न ऐक्यवद्धता जनाएको हो । लुम्बिनीको महिलवारमा प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरुले भारतको बिटी एक्ट २०४९ खारेजीको माग गर्दै बौद्ध सम्पदाहरुलाई बौद्ध धर्मावलम्बीहरुलाई मात्र दिन माग अघि सारेका हुन् । बोधगयाको महाबोधी विहारको व्यवस्थापन गैर बौद्धिष्टहरुलाई दिएको भन्दै त्यहाँका बौद्ध धर्मावलम्बीहरु अनशनमा रहेका छन् । फरवरीको १२ तारेखदेखि अनशनमा रहेका उनिहरुलाई शुक्रबार बिहार सरकारले दमनपूर्ण तरिकाले हटाएको भन्दै त्यसको बिरोध स्वरुप यो प्रर्दशन गरिएको बौद्ध सम्पदा संरक्षण समाजका संयोजक हरिओम विश्वकर्माले बताए । 

उनले बौद्ध धर्मावम्बीहरुमाथि गरिएको दमन बन्द गर्न आग्रहसहित बौद्ध धर्मावलम्बीहरुको समर्थनमा ऐक्यवद्धता जनाउन लुम्बिनीमा शान्तीपूर्ण प्रर्दशन गरेको बताए । “भारतमा मात्र हैन नेपालमा पनि बौद्ध सम्पदाहरुमा गैर बौद्ध धर्मावलम्बीहरुको हाली मुहाली हुँदै आएको छ ।” विश्वकर्माले भने “यो प्रतिकात्मक प्रर्दशन मात्र हो, यसलाई नसच्चाए नेपालमा पनि भोली यसले उग्र रुप लिनेछ ।”

प्रर्दशनकारीहरुले लुम्बिनी विकास कोषको सञ्चालक समितिमा पनि गैर बौद्ध धर्मालम्बीहरुको हाली मुहाली भएको आरोप लगाए । यसले बौद्ध धर्ममाथि अन्य धर्मको अतिक्रमण भएको बताएका थिए । बौद्ध समाज नेपालका केन्द्रिय अध्यक्ष शंकर गाहा मगरले गैर बौद्ध धर्मालम्बीहरुलाई बौद्ध धर्मप्रति अपनत्व नहुने बताए  । उनले भारतमा भएको आन्दोलन लुम्बिनी विकास कोषसँग पनि सम्बन्धित रहेको कारण नेपालबाट भारतीय आन्दोलनप्रति ऐक्यवद्धता जनाईएको बताए । उनले लुम्बिनी विकास कोषमा राजनैतिक नियुक्ती भन्दा पनि बौद्ध धर्मावलम्बीहरु संघ संस्थाबाट सञ्चालक समितिको चयन हुनुपर्ने माग अघि सारे । 

प्रर्दशनमा बौद्ध समाज नेपालसँगै बौद्ध सम्पदा संरक्षण समाजका सदस्यहरुको सहभागीता रहेको थियो । ऐक्यवद्धता कार्यक्रम बौद्ध समाज नेपालको महासचिव चन्दा थाको सञ्चालनमा सम्पन्न भएको थियो 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।