बुटवल । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय राकेशसिंह लोधमाथि गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए ।
‘घरको बरन्डामा आज बिहान ८ः १५ बजे रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, घटना बारे थप अनुसन्धान भईरहेको छ ।’- ग्लोबल आवाजसँग कुराकानी गर्दै डिएसपी कार्कीले भने ।
उनका अनुसार घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले उनको खोजी भईरहेको छ।
प्रतिक्रिया