ताजा अपडेट »

‘कालमाण्डू’काे फस्ट लुक पाेष्टर सार्वजनिक, बुटवलका युवा अनिल पाैडेलले डेब्यू गर्दै

शुक्रबार, १६ फागुन २०८१, २२ : १५
96 Shares
शुक्रबार, १६ फागुन २०८१
96 Shares

बुटवल । नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । मुभी ल्यान्ड नेपाल को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सयानम अधिकारीकाे लेखन तथा निर्देशन गरेका हुन।

३५ दिन लगाएर सुटिङ सम्पन्न गरिएको यसको छायाङ्कन काठमाडौँ, ललितपुर, भक्तपुर, र पर्साको ठोरी क्षेत्रमा गरिएको थियो । चलचित्रकाे कथामा काठमाडौँको अँध्यारो पक्ष, मानव तस्करी, हत्या, अपहरण र अपराधका कथालाई उजागर गर्ने खालको कथा उठान गरिएको  निर्देशक अधिकारीले बताए ।

“एक दाजुले आफ्नी १९ बर्सिया बहिनीको खोजीमा अपराधीहरूसँग गरेको सङ्घर्षमा आधारित ‘कालमाण्डू’ एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको  निर्देशककाे भनाइ छ ।यस चलचित्रमा बुटवलका युवा कलाकार अनिलराज पौडेलले लिड राेलमा अभिनय गरेका छन् । यो उनको डेब्यू चलचित्र पनि हो ।

8c8c1692-1a13-4cde-b929-8515e44f6550

अनिलसँगै अञ्जन थापा,  राजन अधिकारी, अलिशा बास्तोला, रोशनी कार्की, ललना चिमारिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, र शिव अधिकारी लगायतको मुख्य अभिनय रहेकाे छ ।

यस चलचित्रको छायाङ्कन पवन सुस्लिङगले गरेका हुन भने, द्वन्द्व निर्देशन राजु लामा र मिस्टर काजीले गरेका छन् ।चलचित्रको सङ्गीत सम्राट् न्यौपानेले दिएका छन् भने मेकअप र एसएफएक्सको सुवास तिमल्सिनाकाे  रहेको छ ।

कमल थिङ निर्माता रहेको यस चलचित्रमा शम्भु श्रेष्ठ र मिलन कटवाल ले प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् भने रवि भुजेल सहायक निर्देशकका रूपमा  रहेका छन् । निर्माण पक्षले चलचित्र २०८२ सालमा प्रदर्शन हुने लक्ष्य लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।