बुटवल । बुटवलमा भएको एभरेष्ट खुल्ला जिल्लास्तरीय चित्रकला प्रतियोगिताको उपाधि न्यु इन्भारमेन्ट स्कुलका विद्यार्थी रौनक खरेलले जितेका छन् । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट माध्यमिक विद्यालयको एभरेष्ट आर्ट क्लवले आयोजना गरेको जिल्लास्तरीय चित्रकला प्रतियोगितामा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले एभरेष्ट उत्कृष्ट चित्रकलाको उपाधि जितेका हुन् ।
उनले उपाधि सहित नगद आठ हजार, शिल्ड तथा प्रमाणपत्र हात पारेका हुन् । प्रतियोगितामा सहभागि भएका प्रतिप्रर्धीहरुलाई विधागत रुपमा समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा पहिलो विधातर्फ पामिर इन्टरनेशनल एकेडेमीका राजन थापाले वेष्ट आर्ट कम्पिटेशन एवार्ड, आवर पिसल्याण्ड एकेडेमीका कन्चन श्रीसले मष्ट रिलेभेन्ट थम एवार्ड, एपेक्स स्कुलका प्रभाकर थापाले मष्ट क्रियटिभ एवार्ड, न्यु नमुना स्कुलका प्रमोद पुवारले वेष्ट कन्टेन एवार्ड, दीप बोर्डिङ स्कुलका सोमीन पियाले बेष्ट मिडीयम इन आर्ट एवार्ड र यान्सी खत्रीले प्रोटेट एवार्ड प्राप्त गरेका छन् । यस्तै दोस्रो विधातर्फ न्यु होराईजन स्कुलका दिप्सा कर्मचार्य एमर्जिङ एवार्ड, लुम्विनी वल्र्ड स्कुलका सोफिया आलेले पब्लिक च्वाईस एवार्ड प्राप्त गरिन् भने तेस्रो विधातर्फ रिकोनाइजिङ एवार्ड प्राप्त गरेका हुन् । उनीहरुले विजेता बन्दै पहिलो र दोस्रो विधातर्फ जनही नगद दुई÷दुई हजार र तेस्रो विद्यामा पर्नेले नगद एक÷एक हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको विद्यालयका कार्यक्रम संयोजक विशाल थापाले जानकारी दिए ।
विजयी विद्यार्थीहरुलाई शिल्ड, प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै नेपाल ब्यवसायी कलाकार संघ रुपन्देहीका अध्यक्ष दिलीप रसाइलीले कला र सृजनाले अनुशासन सिकाउने बताए । शिक्षालयहरुमा कलाकारिता र चित्रकारितालाई नियमित अध्ययनको विषय बनाउनु पर्ने उल्लेख गर्दै उनले विद्यार्थीलाई अनुसाशित र लगनशिल बनाउन कलाले ठूलो भुमिका खेल्ने भएकाले यसलाई राज्यले ध्यान दिनु पर्ने सुझाव दिए ।
एभरेष्ट आर्ट क्लवका अध्यक्ष सिमाना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ब्यवसायी कलाकार संघ रुपन्देहीका सल्लाहकार एभबी रम्तेल, कलाकार वेनप्रसाद थापा, विद्यालयका सहप्राचार्य भिमसेन गौतम, विद्यालय संचालक सदस्य ठाकुरप्रसाद ज्ञवाली, उपप्राचार्य उमेश रेग्मी, माला पाण्डे, शिक्षक शारदा ज्ञवाली, क्लवका सचिव सोफिया रानालगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । विद्यार्थी कृष्णा खनाल र जेनिसा श्रेष्ठको संचालनमा भएको कार्यक्रममा रुपन्देहीका विभिन्न सामुदायिक र संस्थागत विद्यालयका झण्डै दुई दर्जन विद्यार्थीहरुले पर्यावरण, शिक्षा, भाव, प्रकृति, धर्म, संस्कृतीलगायतका परिदृष्य देखिने खालका चित्रहरु कोरेका थिए ।
प्रतिक्रिया